दफा ८६
पति र पत्नीको सम्बन्ध र दायित्व

(१) पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्नेछ ।
(२) आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पर्नेछ ।
(३) पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्नेछ ।